नेकपा माओवादीका नेता छक्कबहादुर एमालेमा प्रवेश
नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा ओलीको हातबाट टीका ग्रहण गर्दै लामा एमाले प्रवेश गरेका हुन् ।
लामा तिनै व्यक्ति हुन् जसले ०७४ को प्रतिनिधि सभामाको निर्वाचनमा माओवादी पार्टीले टिकट नदिएपछि माओवादीकै उम्मेदवार विरुद्ध बागी उठेर चुनाव जितेर सबैलाई छक्क पारेका थिए । जम्मा ४७ मतान्तरले चुनाव जितेका थिए ।
२०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि कम मतान्तरले चुनाव जितेका थिए । उनी राजाकै पालामा एकपटक मन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । प्रतिनिधिसभाका सांसदसमेत रहेका उनी माओवादीको केन्द्रीय सदस्यसमेत हुन् । हुम्लामा लामा पार्टी भन्दा पनि व्यक्तिगत रुपमा बलिया नेताका रुपमा परिचित छन्।
Facebook Comments