जगन्नाथ पौडेल लगायतका नेताहरुको कारवाही फुकुवा निर्वाचनमा खेल्ने भूमिकाको आधारमा मात्रै निर्णय हुने
नेपाली कांग्रेसले आसन्न संघ र प्रदेश निर्वाचनमा खेल्ने भूमिकाको आधारमा मात्रै कारवाही फुकुवा प्रक्रिया अघि बढाउने भएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तत्काल कारवाहीमा परेकाहरुलाई फुकुवा नगर्ने निर्णय गरेको हो ।
उसले स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन अपील समेत गरेको छ ।
आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने बैठकले निर्णय गरेको हो ।
गत स्थानीय निर्वाचनमा पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिएको भन्दै पूर्वसांसद कांग्रेस नेता जगन्नाथ पौडेललगायतका नेताहरु कारवाहीमा परेका छन् । उनीहरुलाई कारवाही फिर्ताको माग गर्दै कांग्रेस चितवन केन्द्रलाई पत्र समेत पठाएको थियो । तर कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार तत्काल उनीहरुको कारवाही फुकुवा नहुने भएको छ ।
विद्रोही उम्मेदवार बनेका जग्गनाथ पौडेलले पार्टीले कारवाही फुकुवा गरे पार्टीमा सक्रिय भएर लाग्ने बताउँदै आएका थिए ।
Facebook Comments