चितवन ३ मा काँग्रेसका बागी उम्मेदवार कोइरालाको चुनाव चिन्ह माछा,एमालेको समर्थन
नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइरालाले चुनाव चिन्ह माछा पाएका छन् । चितवन क्षेत्र नं. ३ मा उनले गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई आज निर्वाचन कार्यालयले चुनाव चिन्ह माछा दिएको हो । कोइरालालाई नेकपा एमालेले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएर समर्थन गरेको छ ।
एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेको हो । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ । चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा.भोजराज अधिकारी उम्मेदवार छन् ।
Facebook Comments