• ३ कार्तिक २०८२, आइतवार
  • २७ °C काठमाडौं
प्रदेश सभाका उम्मेदवार गैरिशंकार साहको घरदैलो अभियान तिव्र
वीरगञ्ज ३० असोज : प्रदेश सभाका उम्मेदवार गैरिशंकार साहको पर्सा क्षेत्र नम्बर ३ को (ख)मा जनलहर बढ्दौ गएको छ । साहले पोखरिया नगरपालिका वडा नं. ९ बाट चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । नेपाल सुशासन पार्टीले पर्सा क्षेत्र नम्बर ३ को (ख) का उम्मेदवार साहलाई जिताउन घरदैलो अभियानलाई तिव्रता दिएको हो । पर्सा क्षेत्र नम्बर ३ को उम्मेदवार राजकुमार यादव रं क्षेत्र नम्बर ३ को (क) का उम्मेदवार शिवकुमार साह तेलीसहित टोलीले पोखरिया नगरपालिका वडा नं. ९ शिवबर्वामा घरदैलो गरेका हुन् । स्थानीय जनताले यसपाली प्रदेश सभाका उम्मेदवार साहसहित प्रतिनिधि सभामा “आमा छापका” उम्मेद्वारलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् । घरदैलो कार्यक्रममा प्रदेश सभाका उम्मेदवार साहसहित प्रतिनिधि सभाका उम्मेदवारलाई स्थानीयबासीले जितको शुभकामना व्यक्त गरेका छन् । घरदैलो अभियान पोखरिया वडा नं. ९ को टोल टोलमा पुगेको छ भने जहाँ जाँदा पनि जनताको अपार समर्थन मिलेको प्रदेश सभाका ३ (ख) का उम्मेदवार साहले जानकारी दिनुभयो । भोट माग्दै उम्मेद्वारसहितको टोली शिवबर्वाका विभिन्न टोलमा पुगेको थियो । शिवबर्वाबासिले यसपाली नेपाल सुशासन पार्टीका विकासप्रेमी एवम् आमा छापका उम्मेद्वारलाई भोट दिने बताएका छन् ।
 
 
 
 

सम्बन्धित समाचार

Facebook Comments