चितवन कांग्रेसका संस्थापककोनै दिनेशलाई समर्थन,जगन्नाथलाई पनि दबाव
चितवन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई नेपाली कांग्रेसका पूर्व पार्टी सभापति कृष्णलाल सापकोटा र पूर्व सांसद भीमबहादुर श्रेष्ठले समर्थन गरेका छन् । भरतपुर महानगरपालिका–६ चोकबजारमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले दिनेशलाई समर्थन रहेको बताएका हुन।
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनले रेनु दाहाललाई उम्मेदवार बनउँदा यो समूहले जगन्नाथ पौडेललाई मेयरको बागी उम्मेदवार उठाएको थियो ।
उनीहरुले चितवन ३ बाट नै उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई पनि दिनेश कोइरालालाई समर्थन गर्न आग्रह गरेका छन् । यसअघि भरतपुर महानगरपालिकाको मेयरको निर्वाचनमा पौडेललाई साथ दिनुभएको मीना खरेलले पनि कोइरालालाई समर्थन गर्नुभएको छ।
योसँगै कोइरालालाई समर्थ गर्न जगन्नाथलाई दबाव बढेको छ । ‘जगन्नाथजीले उम्मेदवारी फिर्ता लिएर दिनेशलाई सर्मथन गर्नुहुन्छ, हामी थाकेका छौं’, पूर्व कांग्रेस पार्टी सभापति सापकोटाले भने, ‘दिनेश र जगन्नाथजीले उठाएका मुद्दा मिलेपछि अलग अलग उम्मेदवार हुन जरुरी छैन ।’
कांग्रेसको प्रतिस्पर्धी दल एमालेलेसमेत दिनेशलाई साथ दिएकोले कांग्रेसले साथ नदिने भन्ने कुरा नहुने नेता सापकोटाले बताए। पूर्वसांसद भीमबहादुर श्रेष्ठले कांग्रेसको उम्मेदवारको रुपमा दिनेश खडा भएको दावी गरे। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले चितवन कांग्रेसका सस्थापकहरुले नै आफूलाइ समर्थन गरेकोले ८० प्रतिशत कांग्रेसको मत आफुले पाउने दावी गरे । आफू छँदा खाँदाको केन्द्रीय सदस्य पदसमेत दाउमा राखेर कांग्रेस सुधार्ने अभियानमा हिँडेको उनको दावी छ।
Facebook Comments