अन्तराष्ट्रिय मञ्चमा कृष्णभक्तः कानुनका ज्ञाता भएकाले सबल प्रस्तुती
१४, कार्तिक, चितवन
चितवन क्षेत्र नं. २ को सांसदमा एमालेबाट उम्मेदवार बनेका कृष्णभक्त पोखरेल राजनीतिज्ञ मात्र नभई बहिष्ठ अधिवक्तासमेत हुन् । विभिन्न मापदण्ड पुरा गरेपछि सर्वोच्च अदालतले २०७९ असार २९ गते पोखरेललाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो ।
चितवनबाट सांसदमा निर्वाचित भएर गएपछि संविधान निर्माणको क्रममा मस्यौदाकारको रुपमा काम गरेर पोखरेलको अगुवाईमा मुलुकी अपराध संहिता लगायत १७६ भन्दा बढी विभिन्न कानुन बनेका छन् । मुलुकी अपराधसंहितमा बहुविवाहलाई अवैध घोषणा गर्ने, घरेलु हिंसा तथा बलात्कार गरी हत्या गर्ने जस्ता ६ प्रकारका अपराध गर्नेलाई आजीवन कारावासको व्यवस्था लगायतका नयाँ प्रवन्ध गर्न पोखरेलले नेृतत्वदायी भूमिका खेलेका थिए ।
नयाँ संविधान जारी गर्ने र नयाँ संविधान अनुसारका कानुनहरु बनाउन पोखरेलले खेलेको भूमिका महत्वपूर्ण मानिन्छ रानजीतिक वृत्तमा । कानुन निर्माणको क्रममा पोखरेलको बहस र तर्कलाई खास चासोका साथ हेरिने गरेको थियो । नेपालमा बनेका नयाँ कानुनका बिषयमा प्रष्ट ज्ञान भएका पोखरेल कानुनको ज्ञाता भएका कारण देशका महत्वपूर्ण कानुनी प्रकृया र बहसहरुमा उनी रोजाईको पात्र बन्दै आएका छन् । देश भित्र हुने राष्ट्रिय मञ्चहरुमा मात्रैं नभई अन्र्तराष्ट्रिय मञ्चमा पनि पोखरेलको उपस्थिती र सहभागिता रहँदै आएको छ ।
बिषय प्रतिको ज्ञान भएका कारणले अन्तराष्ट्रिय मञ्चमा पोखरेलले प्रस्तुती सवल देखिदै आएको छ । चितवन क्षेत्र नम्वर २ बाट सांसद भएपछि पोखरेलले पाकिस्तानको इस्लामावादमा आयोजित कानुनी प्रभावकारीताका लागि अन्तराष्ट्रिय संसदीय सम्मेलनमा सहभागिता जनाए । अमेरिकाको वासिङ्गटन डिसीमा सन् २०१९ जुाई १६–१७ मा आयोजित संसदीय नेतृत्व फोरमको प्रजातान्त्रिक साझेदारी कार्यक्रममा पुगेका पोखरेल संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदको ४० औँ सत्रमा परराष्ट्रमन्त्रीको प्रतिनिधी मण्डलमा नेपालको प्रतिनिधीको रुपमा सहभागी भए । नेपाल बार एसोसियन चितवनका पूर्व अध्यक्ष जगन्नाथ भण्डारी पोखरेललाई संसददेखि अन्र्तराष्ट्रिय मञ्चमा देख्न पाउनु चितवनवासीका लागि गौरवको विषय भएको बताउँछन् ।
सन् २०१९ सेप्टेम्वर ९ देखि ११ मा भियानामा संयुक्त राष्ट्र संघको लागुपदार्थ अपराध कार्यालयद्वारा आयोजित मानव तस्करी विरुद्धको अन्तरष्ट्रिय सम्मेलनमा समेत भाग लिएका पोखरेल किर्गिस्तानमा आयोजित बाल अधिकार सम्बन्धी कार्यक्रममा संसद सदस्यको रुपमा सहभागी भए । फौजदारी अपराध संहिता तयार गर्ने क्रममा जापान, कोरिया, फिलिपिन्स तथा भारतमा विभिन्न कार्यक्रममा उनी सहभागी भए । सबैसँग हार्दिकतापूर्ण र सहयोगी व्यवहार देखाउने पोखरेलले जिल्लामा हुँदा निशूल्क रुपमा कानुनी सहायतासमेत गर्दै आएका छन् । पोखरेल आफैं चितवन वार एसोसियनका पूर्व अध्यक्षसमेत हुन् । वार पूर्व अध्यक्ष भण्डारीले संसद कानुन बनाउने थलो भएको पोखरेल जनताको छनौटको सबैभन्दा उपर्युक्त पात्र भएको प्रतिक्रिया दिए ।
‘संसद भनेका कानुन बनाउने ठाँउ हो, कानुन बनाउने ठाँउमा कानुन सम्वन्धी पढेको बुझेको मान्छेलाई पठाउन उपर्युक्त हुन्छ’ पूर्व अध्यक्ष भण्डारीले भने, ‘कृष्णभक्तलाई जिताएर पठाउँदा नै यहाँका जनताले गौरव महसुस गर्छन्, सबैको सुखदुःखमा उनको साथ रहन्छ । नजिकबाट सबैले भेट्टाउन सक्ने नेता हुन् उनी ।’
Facebook Comments