कोइरालाको चियापान कार्यक्रमले चितवन कांग्रेसमा हलचल, सचिव र सभापतिकै कुरा फरक
नेपाली कांग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले आम निर्वाचनलाई लक्षित गरी आज भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरेका छन् । उद्योग वाणिज्य संघ नारायणगढमा दिउँसो १ बजे हुने भनिएको कार्यक्रममा शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा अन्तरसंवाद गर्ने भनिएको छ ।
२०७० सालको निर्वाचनमा चितवन–४ का उमेदवार कांग्रेसका केन्द्रिय सभापति सुशिल कोइराला विरुद्ध बागी उमेदवारी दिएपछि कोइरालाई पार्टीबाट निश्कासन गरिएको थियो । पार्टीबाट निश्कासित भएपनि जिल्लामा कोइरालाको प्रभाव अझै पनि छ । उनको कारबाहीको समयसिमा २०७६ मा नै सकिएपनि कारबाही फुकुवा अझै भएको छैन । कोइरालाको कारबाही फुकुवा गरी क्रियाशिल सदस्यता नविकरण गरिदिन कांग्रेसको जिल्ला कार्य समितिले २०७६ चैत ६ गते केन्द्रिय समितिलाई पत्राचार गरेको थियो ।
अष्ट्रेलियामा दुई महिना बसेर हालै मात्रै स्वदेश आएका पूर्व जिल्ला सभापति कोइरालाले सार्वजनिक गरेको निमन्त्रणामा ‘शुभकामना आदानप्रदान तथा चियापान’ भनिएको छ । उनको चियापान कार्यक्रमले कांग्रेसभित्र भने तरंग पैदा भएको छ । अनुशासनको कारबाही भोगिरहेका कोइरालाले चितवन ३ मा गठबन्धनका विरुद्ध स्वतन्त्र उमेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गर्ने अनुमान गरिएको छ । कोइरालाको चियापान कार्यक्रमले आगामी निर्वाचनलाई असर पुग्ने चितवन कांग्रेसको आशंका छ ।
काँग्रेस चितवनले भन्यो कृष्णलाल सापकोटा र विकास कोइराला पूर्व सभापति होइनन्
चितवनका नेता कृष्णलाल सापकोटा र विकास कोइराला काँग्रेसका पूर्व सभापति नरहेको भन्दै काँग्रेस चितवनले विज्ञप्ती जारी गरेको छ । आज पार्टीका जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ती जारी गर्दै सापकोटा र कोइराला काँग्रेसको पूर्व सभापति नरहेको जनाएका हुन् ।
विज्ञप्तीमा पार्टीको रेकर्डमा कृष्णलाल सापकोटा र विकास कोइराला पूर्व सभापति नरहेको उल्लेख गरिएको छ । निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापतिहरुमा नारायण शर्मा पौडेल, टिकाराम न्यौपाने, टेकप्रसाद गुरुङ, शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, तोपमान सिंह गुरुङ र पृथ्वीमान गुरुङ मात्रै पार्टीको अभिलेखमा रहेको विज्ञप्तीमा जनाइएको छ । पार्टीले कारवाही गरेका काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले पूर्व सभापतिको हैसियतमा भोलि (बुधवार) चियापान कार्यक्रम आयोजना गरेपछि काँग्रेस चितवनले यस्तो विज्ञप्ती जारी गरेको हो । विभिन्न चाडपर्वको अवसरमा भन्दै कोइरालाले शुभकामना आदानप्रदानको आयोजना गरेपछि यसले चितवन काँग्रेसमा तरङ्ग पैदा गरेको छ । २०७० सालमा चितवनको क्षेत्र नम्बर ४ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उठेपछि पार्टीले उनलाई कारबाही गरेको थियो ।कोइरालासंगै कृष्णलाल सापकोटाको नाम पनि पूर्व सभापतिको सूचिबाट हटाइएको छ । गत स्थानिय निर्वाचनमा पार्टीले गरेको गठबन्धनको उम्मेदवार विरुद्ध बागी उठेका जगन्नाथ पौडेलको समर्थक बसेका सापकोटालाई काँग्रेसले कारवाही गरेको थियो ।
चितवन कांग्रेस सभापतिलाई सचिवको काउन्टर
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्व सभापति कृष्णलाल सापकोटा र विकास कोइरालाको नाम हटाएर बाँकी पूर्व सभापतिको नाम प्रकाशित गरेपछि जिल्ला सचिव ध्रुवराज पोखरेलले काउन्टर दिने विज्ञप्ति निकालेका छन् । सभापति खनालले मंगलबार साँझ सापकोटा र कोइराला पार्टीको पूर्व सभापति नै नभएको आशयको विज्ञप्ति निकालेपछि मंगलबार राती नै सचिव पोखरेलले विज्ञप्ति निकालेर खनाललाई काउन्टर दिएका हुन् ।
पार्टीले कोइरालालाई गरेको कारबाहीको समय सिमा सकिसकेको र तीन वर्षदेखि अविलचित रुपमा पार्टी संगठनमा रहेका कोइरालाप्रतिको आग्रहपूर्ण व्यवहारले साथीहरुमा नैराश्यता छाएको उनले बताएका छन् । चितवन कांग्रेसको जिल्ला कार्य समितिले २०७६ चैत ३ गतेको निर्णयले कोइरालालाई पूर्व जिल्ला सभापतिले सम्बोधन गरी कारबाही फुकुवा र क्रियाशिल सदस्यता नविकरण गर्न २०७६ चैत ६ गते केन्द्रिय समितिमा सिफारिस गरेको थियो । उक्त तथ्यलाई नजर अन्दाज गर्नु संस्थागत निर्णयको निरन्तरको अवमूल्यन ठहर्ने सचिव पोखरेलले बताएका छन् ।
Facebook Comments