• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
गठबन्धनलाई जिताउनुस भाेलि पल्टै कारबाही फुकुवा गर्छाै: प्रधानमन्त्री देउवा

आज शनिवार भरतपुरमा आयोजना गरिएको सत्ता गठबन्धनको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चितवनबाटै गठबन्धनको विजयी सुरुवात गर्न चाहेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनले चितवनबाटै विजयी सुरुवात गरेको स्मरण गर्दै उनले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेले विकास कोइरालाको कारबाही समेत फुकुवा गर्ने उनले बताएका हुन्। उनले भने गठबन्धनका उमेदवारलाई जिताउनुस भोलिपल्टै कारबाही फिर्ता हुन्छ ।

कारबाही भएको पनि १० वर्ष भैसकेको रहेछ मलाइ त थाहा पनि थिएन । चुनाव जिताएको भोली पल्ट कारबाही फुकुवा हुन्छ । कोइरालाको कारबाही फुकुवाको माग गर्दै नेता तथा कार्यकर्ताले आमसभा स्थलमा नारा लगाएका थिए ।

सम्बन्धित समाचार

Facebook Comments