• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्नेहरू सकिन्छन:- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्नेहरू सकिएको बताएका छन्। चितवनमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। ओली प्रधानमन्त्री हुँदा चितवनको ठोरीमा राम–लक्ष्मण जन्मेको स्थान भन्दै मुर्ती बनाएर पठाएका थिए।

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै ओलीले उक्त अभिव्यक्ति दिएका हुन्। ‘मैले राम–लक्ष्मण जन्मिएको, बसेको, खेलेको र राज गरेको ठाउँमा राम जन्मभूमि ल्याउँदा एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए, लखेट्ने भयो भने’, उनले भने, ‘मलाई थाहा थियो, एमालेसँग दुष्मनी गर्ने पनि सकिन्छन्, राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्ने पनि सिद्धिन्छन्।’

माओवादी अध्यक्ष प्रचण्डले योपटकको चुनावमा गृहजिल्ला चितवन छोडेर गोरखा– २ बाट उम्मेदवारी दिएका छन्। यसलाई ओलीले भागेको संज्ञा दिने गरेका छन्। उनले गठबन्धन गरेर चुनाव लड्न नसकेर भागेका प्रचन्डले चुनाव जित्न मान्छे कुट्ने गरेको भन्दै प्रजातन्त्रको मान समेत नराखेको बताए।

सम्बन्धित समाचार

Facebook Comments