चितवन–३ मा दिनेश कोइरालालाई जिताउनुस्ः केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने बताउनु भएको छ ।
भरतपुरमा आयोजित एमालेको चुनावी सभामा ओलीले कोइरालाको प्रशंसा गर्दै उहाँ राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको भन्दै जिताउन आग्रह गर्नुभएको हो ।
ओलीले भन्नुभयो, ‘कोइराला लोकतान्त्रिक चरित्रको मान्छे हो। राजनीति बुझेको मान्छे हो । रहरले स्वतन्त्र भएका मध्य होइनन कोइराला उनको राजनीतिक योगदान छ। उनले राजनिती बुझेका छन। त्यसैले एमालेले उनलाई जिताउनु पर्छ। नारायणीको तिरमा माछा चुनाव चिन्ह लिएर उठ्नुभएका कोइरालालाई जिताउन एमालेले सहयोग गरेको भन्दै ओलीले सम्पूर्णलाई कोइरालालाई जिताउन आग्रह गर्नुभयो ।
कोइराला कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँले बागी उम्मेदवारी दिएपछि कांग्रेसले पाँच वर्षका लागि पार्टीबाट निकालेको छ । चितवन–३ मा एमालेले आफ्नो उम्मेदवारलाई पछि हटाउँदै कोइरालालाई सहयोग गर्ने यसअघि बताएको थियो। साथै एमालेलाई सुदृढ लोकतान्त्रिक शक्ति बनाउनका निम्ति उहाँले आग्रह गर्नुभएको थियो ।
Facebook Comments