डा. भाेजराजकाे आमाले दिइन् दिनेश काेइरालालाई जितको शुभकामना
२९, कार्तिक, चितवन
चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार दिनेश काेइरालालाई गठवन्धनका उम्मेदवार डा. भाेजराज अधिकारीकाे आमाले जितको शुभकामना दिएकी छन् ।
नेकपा एमालेकाे समर्थनमा माछा चुनाव चिन्ह लिएर उठेका कांग्रेस केन्द्रीय सदस्य दिनेश काेइरालालाई जितको शुभकामना दिएकी हुन् । मंगलबार घरदैलोकाे क्रममा भरतपुर २२ काे पटिहानी टाउनमा पुगेका काेइरालालाई डा. अधिकारीकी आमा चुनकुमारी अधिकारीले शुभकामना दिँदै जितकाे आर्शिवाद दिएकी हुन् । "सबै जना मेराे छाेराहरू नै हाे, सबैको राम्रो हाेस्, जित हाेस्" दिनेशकाे शीरमा हात राख्दै अधिकारीले भनिन् "जसले जिते पनि म खुसी हुन्छु । आर्शिवाद ठूलो कुरा हाे।"
दिनेशले आफु माछा चुनाव चिन्ह लिएर उम्मेदवार बनेको जानकारी गराएका थिए । दिनेशले भाेजराजकाे गाउँ मानिने पटिहानीका सबै घरमा पुगेर अन्यायका विरूद्व उम्मेदवारी दिएको भन्दै मत मागेका थिए ।
Facebook Comments