चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिको पाँचौ विश्व सम्मेलन भरतपुरमा हुने
चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको पाँचौ विश्व सम्मेलन तथा १० औं साधारण सभा असाेज २७ गते भरतपुरमा हुने भएको छ ।
उक्त सम्मेलनबाट चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिले गरेका सामाजिक कार्यहरु बढाउँदै जाने, विदेशमा छरिएर रहेका नेपालीहरुलाई सँस्थामा थप गोलबन्द गर्दै जाने, उनीहरुका ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्ने लक्ष्य रहेको अध्यक्ष समिर खत्रीले बताए ।
पाँचौ विश्व सम्मेलन तथा साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष खत्रीले बताए । चितवनको विकास र सामाजिक भावना, समाजको एकता र समृद्धिको चाहना भन्ने मूल नाराका साथ वि.सं. २०६९ सालमा स्थापना भएको यस संस्थाले शैक्षिक विकास,गरिबी निवारण, प्राकृतिक विपत्तिमा मानवीय सहयोग, चेतना विस्तार लगायतका क्षेत्रमा धेरै काम गर्दै आइरहेको छ ।
विश्वभरी रहेका चितवनेहरुलाई एकजुट बनाउन सँस्था लागेको र अबको २ वर्ष भित्रमा सस्थांले आफ्नै भवन पनि निर्माण गर्ने उदेश्य लिएकाे अध्यक्ष खत्रीले बताए । विश्वभरी रहेका रोजगार, अध्ययन, अध्यापन,ब्यावसायमा रहेका चितवनवासीलाई उक्त सम्मेलनमा भाग लिन अध्यक्ष खत्रीले आवहान गरेका छन ।
उक्त कार्यक्रममा चितवनको विकास,वैदेशिक रोजगारका समस्या र समाधान,बिश्वमा रहेका चितवनवासीहरुको एकताको वारेमा चर्चा हुने छ । यो समाज विश्वका दर्जनौ देशमा संचालनमा रहेको छ भने समाजले चितवनेको लागी धेरै उत्कृस्ट काम पनि गर्दै आइरहेको जनाएको छ ।
Facebook Comments