• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
नेपाली समाजमा देशमा केही हुँदैन र छैन भन्ने भ्रम चलाएको भन्दै प्रधानमन्त्रीले गरे चिन्ता व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली समाजमा देशमा केही हुँदैन र छैन भन्ने भ्रम चलाएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै अहिले नेपाली समाजमा अत्यन्तै चिन्ताजनक रुपमा चारैतिर हिनताबोध र नकारात्मकताको डडेलो लगाइँदै गरेको देखिरहेको बताए ।

उनले भने, ‘सकिँदैन, बन्दैन हुँदैन भन्ने नकारात्मकताले जरैदेखि सिर्जनात्मकता मरिरहेको छ। एकथरी तत्वले यो मानिसिकतालाई नियोजित रुपमा मलजल गरिरहेका छन् । देशमा सबै नराम्रो मात्रै भइरहेको छ। के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण रुपमा सम्भावनाहिन बन्दै गएको हो त ? नकारात्मक भावनाले हामीकहाँ सम्भव कामपनि असम्भव बनाइरहेका छौं। हामीले आफ् आफ्नै छेउको उज्यालोृलाई पनि पत्याउँन छाडेका छौं ।’

सम्बन्धित समाचार

Facebook Comments