• ५ कार्तिक २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
विद्युतीय एसआरएम म्याजिक गाडी चितवनमा सार्वजनिक: डिजेल गाडीलाई प्रतिस्थापन गर्ने अपेक्षा

भरतपुर, चितवन— चितवनमा विद्युतीय एसआरएम म्याजिक गाडी सार्वजनिक गरिएको छ। भरतपुरको पारस बसपार्कमा शुक्रबार इनर्जी मोटर्सले यो गाडीको अनावरण गर्‍यो। इनर्जी मोटर्स एसआरएम गाडीको आधिकारिक बिक्रेता हो। गाडी सार्वजनिक कार्यक्रममा सहभागी हुन चिनीया टोली चितवन आएको थियो।

 

एसआरएम म्याजिक इभी चीनमा निर्मित गाडी हो, जसलाई नेपालमा विशाल ग्रुपले भित्राएको छ। यो विद्युतीय गाडीले हाल चितवनमा सञ्चालित डिजेलबाट चल्ने म्याजिक गाडीलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ। इभी म्याजिक गाडी वातावरणमैत्री हुनुका साथै सञ्चालन खर्च नगन्य हुने भएकाले यात्रु र व्यवसायी दुवैको रोजाई बन्ने विश्वास गरिएको छ।

 

विशाल ग्रुपका इभी बिजनेस हेड चन्दन रौनियारका अनुसार, एसआरएम म्याजिक गाडीमा प्रयोग हुने ब्याट्रीमा सतप्रतिशत बीमा कभरेज रहेको छ। यो गाडी एक पटक पूरा चार्ज गरेपछि २०० किलोमिटरसम्म यात्रा गर्न सक्छ। ११ सिट क्षमताको यस म्याजिक गाडीको मूल्य ३५ लाख रुपैयाँ तोकिएको छ, जसमा कम्पनीको मूल्य ३७ लाख भएपनि विशेष अफर अन्तर्गत दुई लाख रुपैयाँ छुट प्रदान गरिएको छ।

 

भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चिनीबहादुर बोहोराले चितवनमा हाल ८२० वटा डिजेलबाट चल्ने म्याजिक गाडीहरू सञ्चालनमा रहेको जानकारी दिए। विद्युतीय म्याजिक गाडीको मूल्य सुलभ र बैंकिङ सुविधा राम्रो भएमा यसले डिजेलबाट चल्ने गाडीहरूलाई प्रतिस्थापन गर्ने संभावना छ। हाल भरतपुर महानगर अन्तर्गत १५२ वटा विद्युतीय गाडीहरू सञ्चालनमा रहेको उनले जानकारी दिए।

सम्बन्धित समाचार

Facebook Comments