सामाजिक सुरक्षा भत्तामा ऐतिहासिक लगानी: सरकारको १ खर्ब ९ अर्बको बजेट विनियोजन
सरकारले सामाजिक सुरक्षा क्षेत्रमा ऐतिहासिकरूपमा ठूलो बजेट विनियोजन गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक सुरक्षा भत्तामात्रै १ खर्ब ९ अर्ब रुपैयाँ छुट्याउने घोषणा गरेको छ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षामा सरकारको गहिरो प्रतिबद्धता दोहोर्याएका हुन्।
यो बजेट वृद्धभत्ता, एकल महिला, अपांगता, दलित, बालबालिका, जेष्ठ नागरिकलगायत विभिन्न वर्गलाई दिइने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन गरिएको हो। सामाजिक न्याय र समावेशी विकासको आधार बलियो बनाउने सरकारको लक्ष्यसहित यो कदम चालिएको बताइएको छ।
सामाजिक सुरक्षा भत्ता प्रणालीलाई अझ पारदर्शी, प्रभावकारी र पहुँचयोग्य बनाउँदै न्यून आय भएका तथा असहाय वर्गलाई प्रत्यक्ष राहत पुर्याउने उद्देश्यले बजेटमा प्राथमिकता दिइएको अर्थ मन्त्रालयले जनाएको छ।
यसअघिका वर्षहरूमाभन्दा बढी रकम छुट्याउँदै सरकारले सामाजिक सुरक्षा क्षेत्रलाई समृद्ध समाज निर्माणको मेरुदण्डको रूपमा लिएको संकेत बजेटले दिएको छ।
Facebook Comments