विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न पाउने व्यवस्था, उद्यमशील शिक्षा प्रवर्द्धनमा सरकारको नयाँ कदम
सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई पढाइसँगै काम गर्ने अवसर दिने व्यवस्था गर्ने घोषणा गरेको छ। अब विद्यार्थीले सातामा २० घण्टासम्म काम गर्न पाउनेछन्।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्यमशीलतामैत्री शिक्षा प्रणालीको प्रवर्द्धन गर्न यो नीति ल्याइएको जानकारी दिएका हुन्।
उनका अनुसार सेवाको प्रकृतिका आधारमा विद्यार्थीलाई सार्वजनिक निकायहरूमा इन्टर्नशिपका अवसर पनि प्रदान गरिनेछ, जसले विद्यार्थीलाई व्यवहारिक ज्ञान र कार्यानुभव दिलाउनेछ।
सरकारको यो निर्णयले शिक्षासँगै कार्य अनुभव बटुल्न चाहने विद्यार्थीहरूलाई ठूलो अवसर प्रदान गर्ने विश्वास गरिएको छ। साथै, उद्यमशीलता र रोजगारमूलक शिक्षाको विकासमा पनि सहयोग पुग्ने अपेक्षा छ।
Facebook Comments