दिवा खाजा र सेनिटरी प्याडका लागि ठूलो बजेट, २८ लाख विद्यार्थी लाभान्वित हुने
सरकारले विद्यालय तहका बालबालिकाको पोषण र स्वच्छता प्रवर्द्धन गर्न दिवा खाजा तथा छात्राका लागि निःशुल्क सेनिटरी प्याड कार्यक्रमका लागि ठूलो बजेट विनियोजन गरेको छ।
बुधबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम अन्तर्गत १० अर्ब १९ करोड रुपैयाँ छुट्याइएको जानकारी दिए। यो कार्यक्रमबाट करिब २८ लाख विद्यार्थी लाभान्वित हुनेछन्।
त्यसैगरी, छात्राहरूका लागि निःशुल्क सेनिटरी प्याड उपलब्ध गराइनेछ। उक्त कार्यक्रमका लागि १ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ, जसबाट १३ लाख छात्रा लाभान्वित हुने अर्थमन्त्री पौडेलले बताए।
सरकारको यो कदमले पोषण, स्वच्छता र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने विश्वास गरिएको छ, साथै शिक्षामा पहुँच र उपस्थितिलाई पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Facebook Comments