• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
अखिल (क्रान्तिकारी) सप्तगण्डकी बहुमुखी क्याम्पसको जिम्मेवारि विकशित शर्मा लाइ

चितवन  —अखिल (क्रान्तिकारी) सप्तगण्डकी बहुमुखी क्याम्पसको नेतृत्व परिवर्तन भएको छ। संगठनका हालका अध्यक्ष दिवस भुषालले एक औपचारिक विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष विकसित शर्मालाई नयाँ कार्यदायित्व हस्तान्तरण गरिएको घोषणा गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, "संगठनको आन्तरिक विधानअनुसार वरिष्ठ उपाध्यक्षको हैसियतले विकसित शर्मालाई आगामी दिनमा संगठनको सम्पूर्ण कार्यदायित्व हस्तान्तरण गरिएको जानकारी गराइन्छ।" अध्यक्ष भुषालका अनुसार, संगठनको नेतृत्व परिवर्तन संगठनात्मक एकता, अनुशासन र नवनिर्माणको मार्गदर्शनका लागि गरिएको हो।

 

पछिल्ला केही महिनामा संगठनभित्र केही साथिहरु द्वारा विधि–विधान विपरीत अराजक गतिविधिहरू देखिएको भन्दै अध्यक्ष भुषालले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। विज्ञप्तिमा भनिएको छ, "केही साथीहरूले संगठनको मर्यादा, विधान र मूल्यविपरीत आचरण प्रदर्शन गरेका छन्, जुन हाम्रो संगठनात्मक अनुशासनको विरुद्धमा जान्छ। यस्ता गतिविधिहरूप्रति क्याम्पस प्रशासन स्वयं सचेत भई कार्य गर्न अनुरोध गर्दछु।"

 

भुषालले संगठनभित्र अनुशासन र संगठनात्मक उत्तरदायित्वलाई बलियो बनाउँदै अगाडि बढ्न र सबै एकजुट हुन अपिल गरेका छन्। साथै, नेतृत्व हस्तान्तरणसँगै संगठन अझ सक्षम, सशक्त र संगठित रूपमा अघि बढ्ने विश्वास पनि व्यक्त गरेका छन ।

नयाँ नेतृत्वमा आएका विकसित शर्माले पनि  कार्यभार ग्रहण गर्दै संगठनलाई एकताबद्ध रूपमा अगाडि बढाउने योजना सार्वजनिक गर्ने जनाइएको छ।

सम्बन्धित समाचार

Facebook Comments