• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
राप्रपाको जिल्ला पार्टी प्रवक्तामा डोटेल 

हेटौंडा जेठ २४ ।  नेपालमा ठुला पार्टीहरुले ठूलो चुनावि नारामा पुस्तान्तरणका कुरा गरिरहेको दशकौ भए पनि व्यवहारमा त्यो देखिएन । जब राप्रपा महाधिबेशनले राजेन्द्र लिङदेनलाई पार्टी केन्द्रीय अध्यक्षमा निर्वाचित गर्यो तब एउटा देश व्यापी पुस्तान्तरणको लहर आयो । भ्रष्टाचार बिरुद्वका बुलन्द आवाज ज्ञानेन्द्र शाही जस्ता हजारौ नेताहरु देश भरि राप्रपामा समाहित भए । भलै एउटा शक्तिशाली राजनेता कमल थापाले बहिर्गमन रोजेर पृथक राजनीतिक यात्रामा सामेल भए तर बिगत झै राप्रपामा ओईलाएको पाईएन झन शसक्तरुपमा झाङगीएको स्थानीय तहको निर्बाचन मत परिणामले देखायो । युवा आकर्षण बढेको राप्रपाले देश भरी पुस्तान्तरणको अदृश्य अभियाननै थालेको छ ।

हालै  बसेको केन्द्रीय सम्पादन समितिको बैठकले देश भरी योग्य लोकप्रिय  उमेद्ववारहरु पार्टी भित्र वा  बाहिर रहे पनि उमेद्ववारीको लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको थियो । यहि क्रमलाई पच्छ्याउदै राप्रपा मकवानपुरको पदाधिकारी बैठकले जिल्ला अध्यक्ष शिवराम थापाको अध्यक्षतामा १७ सदस्यीय सचिवालय समितिको , ५ सदस्यीय अनुगमन तथा मुल्यांकन समिति निर्माण गरी आयुष  कुमार डोटेललाई जिल्ला पार्टी प्रवक्तामा नियुक्त गरेको छ । 

 नेता डोटेल  हेटौंडा -९ निवासि डोटेल एक बौद्विक  युवा नेता पर्छन । उनले एम.बीस. बाट स्नातकोत्तर  , आई.टि. बि.सि.ए , एल.एल.बि. तेस्रो बर्षमा अध्यनरत डोटेल  हेटौंडा-४ स्थित सगरमाथा बचत तथा ऋण सहकारि संस्थाका अध्यक्ष पनि हुन । उनको विभिन्न क्षेत्रमा लगानी हुनुको साथै बिभिन्न उधोगहरु पनि सञ्चालन गरिरहेका र सयौलाई रोजगारी प्रदान गरिरहेका नजिकि स्रोतहरू बताउछन ।  राप्रपाले एक उदयिमान नेता प्रबक्ताको रुपमा पाएको पार्टीका एक जिल्ला सदस्यले जिकिर गरे ।  यस अघि जिल्ला सह-सचिव रहेका डोटेलको राजनितीक यात्रा भने ऐमाले निकट बिधार्थि संगठनबाट भएको थियो । "केही बर्ष बिरक्तियर तथस्ट भएर बसियो आर्थिक लाभ लिने धेरै पार्टी  र संयन्त्रहरु थिए तर मैले भिड होईन सत्यको बाटो रोजे बाटो कठिन जरुर छ । तर हामी जस्ता युवाले आँटे पनि चट्टान फोडिन्छन ताके पछि तारा झर्छन असंभव छैन ।

राजनितीमा लाभ होईन सेवा र त्याग गर्न आएको हु । म आध्यात्मिक मान्छे हुँ मलाई पापको डर छ कसैलाई घोका दिन्न मेरो संकल्प जीवन भरलाई यहि हो ।" कुराकानीका क्रममा डोटेलले उल्लेख गरे । डोटेलले गत चुनावमा पुर्याएको योगदानको मुल्यांकन गर्दै पार्टीले उचित स्थान दिएको जानकारहरु बताउछन । 

सम्बन्धित समाचार

Facebook Comments