तपाइँको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल
आज मिती २०७९ साल जेठ महिनाको २४ गते मंगलबार जुन ७ २०२२ । शुक्ल सप्तमी तिथी तपाईंको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल :-
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाईबाट सहयोग तथा हौसला मिल्नेछ ।
वृष (इ.उ.ए.ओ.व.वि.वु.वे.वो)
आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनु होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ, टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
पढाइ लेखाइमा समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् तर पनि वित्तादि लाभ हुने देखिन्छ । कृषि चौपायामा केही समस्या देखिएपनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । गरिदै आएको काममा थप जाँगर पलाएर आउने छ, ब्यापार ब्यावसायमा फाइदा नै होला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झै झगडा हुन सक्छ, सावधान रहनु होला । रुपैँया पैसा हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ, सावधान रहनु होला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
व्यापार ब्यावसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिनाले दुःख पाइनेछ । मान सम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ, समस्या थपिन सक्छन् ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइ लेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज तपाइलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ । काम बिग्रने डरले सताउन सक्छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाँउबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । असावधानीले धन खर्च हुन सक्छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सवारीमा सावधानी अपनाउनु होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ ।
Facebook Comments